• २०८१ बैशाख ८ शनिबार

प्रदेश नं १ को उपसभामुख पदमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्विरोध

kharibot

विराटनगर । प्रदेश नं १ को उपसभामुख पदमा बुधबार एकल उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्र की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले बुधबार प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराइन् । 

उनको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहेको प्रदेश सचिवालयले जनाएको छ । सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य भएकी पोखरेल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै