प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

खरीबोट

फाइल तस्बिर

उर्लाबारी, मोरङ / प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । 

प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री शेरधन राई

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन  ।  निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश

जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण : मुख्यमन्त्री राई

इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताए ।  मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

पाँचथर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् ।  फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन

प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

उर्लाबारी, मोरङ / प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् ।  प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त