राजपाका यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

खरीबोट

जनकपुरधाम / प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्  । 

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गरेका थिए । 

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उनले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गरेका थिए । 

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ । 

निर्विरोध निर्वाचित हुनुभएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताए । आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिए । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे   । 

सम्बन्धित समाचार

मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादवको निधन

राजविराज। मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो

संविधान संशोधनको विकल्प छैनः उपप्रधानमन्त्री उपेन्द्र यादव

भक्तपुर।  उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।  संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार

पूर्वराष्ट्रपति यादवले डा.केसीलाई भेटे 

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।  डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने : मन्त्री उपेन्द्र यादव

काठमाडौँ /  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन ।  आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले