• २०८१ बैशाख ५ बुधबार

सेयरबजारमा सुधार, बीमा समूहको सूचक उच्च अंकले बढ्यो 

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुुबैमा आज बुुधवार सुधार अएको छ । यसअघि लगातार घट्दै आएको नेप्से आज आठ दशमलव ६५ अंकले बढेर १३ सय ८८ दशमलव  ९४ विन्दुुमा पुुग्दा सेन्सिटिभ एक दशमलव ५१ अंकले बढेर दुुई सय ९३ विन्दुुमा पुुगेको छ ।

कुुल एक सय ५५ कम्पनीहरुको तीन हजार चार सय २२ वटा कारोबारमा नौ लाख ३१ हजार दुुई सय १६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३८ करोड ६४ लाख ८६ हजार दुुई सय आठ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक सामान्य अंंकले घटेपनि बाँकी सात वटा समूहको सूचक उच्च अंकले बढेको छ । सबैभन्दा उच्च अंकले बढेको बीमा समूहको सूचक एक सय २१ दशमलव ५२ अंकले बढेर सात हजार ७४ दशमलव ६९ विन्दुुमा चढ्दा ४६ लाख नौ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैक समूहको सूचक पनि पाँच दशमलव ६१ अंकले बढेर १२ सय १० दशमलव ९९ विन्दुुमा चढ्दा १६ करोड ५३ लाख ६९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समूहको सूचक पनि दुुई दशमलव ७२ अंकले बढेर १५ सय ७३ दशमलव ३३ विन्दुुमा चढ्दा एक करोड १४ लाख १८ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समूहको सूचक १८ दशमलव दुुई अंकले बढेर १७ सय ७४ दशमलव ३३ विन्दुुमा चढ्दा एक करोड ४१ लाख ५५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । ट्रेडिङ, होटल र लघुबित्त समूहको सूचक पनि आज बढेकाछन । फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचक भने आज क्रमश दुुई दशमलव ७९,  पाँच दशमलव ३५ र एक दशमलव ५४ अंकले  घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरएसडिसी लघुुबित्त बित्तीय संस्थाको सेयर मूल्य १० रुपैयाँले बढेर नौ सय २४ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच रुपैयाँ २१ पैसाले घटेर दुुई सय १८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ ११ सय रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी प्रभुु बैकको पनि आज दुुई सय २८ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ३१ लाख ६७ हजार तीन सय ८५ रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै