• २०८१ बैशाख ६ बिहीबार

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा पशुपतिमा एक हजार बढीको स्वास्थ्य परीक्षण

kharibot

काठमाडौं । महाशिवरात्रीको अवसरमा मंगलबार काठमाडौंको टोखा धापासरीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा संचालन गरेको इमरजेन्सी हेल्थ डेस्कमा एक हजार जना भन्दाबढीले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।

अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष संचालन गर्दै आएको हेल्थ डेस्कले आजपनि पशुपतिनाथको दर्शनकालागि देश बिदेशबाट आएका दर्शनार्थिहरुलाई आकस्मिक उपचार तथा परामर्शसेवा प्रदान गरेको थियो ।

अत्याधुनिक इएमएस भ्यान समेत तयार अवस्थामा राखिएको हेल्थ डेस्कमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक र नर्स सहितको टोलीले आज बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मन्दिर परिसरमा निशुल्क उच्च रक्तचाँपको जाँच तथा मधुमेह परिक्षण सेवा उपलब्ध गराएको थियो । साथमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत निःशुल्क बितरण गरेको थियो ।

आज दिनभरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पाशुपत क्षेत्रमा भगवान पशुपतिनाथको दर्शनका लागि आएका एक हजार भन्दा बढी दर्शनर्थीहरुलाई स्वास्थ्य परिक्षण तथा डाक्टरसँग परामर्श सेवा प्रदान गरेको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापनाकाल देखीनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा हरेक बर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै