प्रेम के हो ? 

खरीबोट
ad

यो साताभरि नै अनलाइन सञ्चारमाध्यम खास गरी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा प्रेमका मात्र कुरा पढ्न र सुन्नथालेपछि आफैँलाई प्रेमको बारे लेखूँ लेखूँ लागेपछि कलमका मसी पोखिनथाले ।

प्रेम वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।

प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ । त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन । 

प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ ।

विचार, चेतना क्षेत्रको एउटा महत्वपूर्ण सम्पदा हो प्रेम । तपाईं स्वीकार्नुहोस्, या नस्वीकार्नुहोस्, हामीलाई हरेक कार्य गर्न, योजना बनाउन र ती योजना पूरा गर्न प्रेमले प्रेरित गर्छ । मानवले जीवनको उपयोग गर्छ त प्रेमको लागि गर्छ ।

लेखिका

प्रेम वस्तुप्रति पनि हुनसक्छ, यस्तो प्रेमलाई अवैयक्तिक प्रेम मानिन्छ । प्रेम पारस्परिक  सामाजिक, सांस्कृतिक, पारिवारिक जमघट, सरसंगत विभिन्न किसिमबाट निर्माण हुने गर्दछ । प्रेम रगतको नातासँग गाँसिएको हुन्छ । प्रेम भावनाको नातासँग गाँसिएको हुन्छ । प्रेम प्रेमीप्रेमीकाको हुनसक्छ । प्रेम आमाछोराको हुनसक्छ । प्रेम बाबुछोरीको हुनसक्छ । प्रेम दाजुबहिनी अनि दिदीभाइको हुनसक्छ । साथीसंगीको हुनसक्छ । हो, हामी सबै प्रेममा बाँधिएका हुन्छौँ । यस अर्थमा प्रेम बन्धन हो, जिन्दगीको, यात्राको अनि सफलताको ।

आत्मीयता, प्रतिबद्धता र जोश प्रेम व्यक्तिने माध्यम हुन् । हामी परिस्थिति र वातावरणअनुसार जुन कुनै ठाउँमा जो कोहीसँग अझ भनौँ आफ्ना सोचिएकाहरुबाट  सहयोग र सहानुभूतिको अपेक्षा गरेका हुन्छौँ । हुन त हरक्षण सहयोग नपाइन पनि सकिन्छ तर त्यहाँ प्रेम अवश्य हुन्छ । प्रेमको सूक्ष्मता यति हुन्छ । वैज्ञानिकको सूक्ष्मदर्शक यन्त्रले पनि देख्नै नसक्ने अमूल्य कुरा हो प्रेम । केवल मनले महसुस गर्न सकिने कुरा हो प्रेम । 

प्रत्येक व्यक्तिमा प्रेमको आफ्नै तौल हुन्छ । हो, प्रेम गर्ने आफ्नै तरिका हुन्छ । केही कुरा बुझ्न अनि बुझाउन नसक्दा प्रेमले कहिलेकाहीँ झगडा गराउँछ । प्रेमले कहिलेकाहीँ हकार्न सक्छ, कहिले रुवाइदिन पनि सक्छ । तर प्रेमले हसाइदिन पनि सक्छ । 

महामानव गौतम बुद्धले प्रेम त्यागेका होइनन्, हर मान्छेको दुःख÷पीडाले उनलाई पोल्थ्यो अर्थात् उनीभित्र रहेको मानवताप्रतिको प्रेमभावले उनलाई भोगी विलासी भएर रहनै दिएन । यस अर्थमा उनले प्रेम त्यागेका होइन्, खोजेका थिए, बाँड्न चाहेका थिए । 

यति हुँदाहुँदै पनि प्रेमले कहिल्यै विश्वासघात गर्न सक्दैन । प्रेम कहिल्यै लोभी हुनै सक्दैन, न त आह्रिस नै गर्नसक्छ । प्रेममा स्वार्थ हुँदैन । प्रेममा क्रोध पनि हुँदैन न त यसले घमण्ड नै गर्नसक्छ । संसारमा देखावटी प्रेमका अनेकौँ रुपहरु हुनसक्छन्, कृत्रिम प्रेमहरु नभएका होइनन्, तर ती सब क्षणिक हुन्छन् । त्यसलाई प्रेम मान्नेहरु नभएका होइनन्, तर वास्तवमा त्यो प्रेम नै होइनन् । खासमा ईश्वरीय भने पनि या प्राकृतिक भने पनि प्रेम नै त्यो वरदान हो, जसलाई स्वार्थको पछ्यौरीले छोप्नै मिल्दैन । 

वास्तवमा के हो त प्रेम ? प्रेम मानवताको सर्वोत्कृष्ट परिचय हो । प्रेम जिन्दगीमा बाँच्ने कला हो । प्रेम कुनै क्रिया नभएर एउटा सरल स्वाभाविक र नैसर्गिक कुरा हो । प्रेम सबैले गर्दछन् । किरा÷फट्याङ्ग्राले प्रेम गर्छ, जीवजन्तुले प्रेम गर्छ । रुख बिरुवाले प्रेम गर्छ । धर्ती र आकाशले प्रेम गर्छ । र त, सारा संसार प्रेमले नै चलेको छ ।

शिवरात्रि भर्खरै सकिएको छ । भगवान् शिव र सतीदेवीको कथा प्रेमसँगै सम्बन्धित छ । मृत सतीदेवीलाई लिएर संसार घुम्ने महादेवको प्रेमको अगाडि हाम्रो प्रेमको मूल्य नभएजस्तो देखिन्छ । उनी साँच्चै एक पागल प्रेमी थिए श्रीस्वस्थानी कथामा । प्रेम मानवले मात्र होइन, भगवानले पनि गर्दछन् ।  

प्रेमविनाको जीवन मरभूमि हो । जहाँ हुन्छ त केवल उजाडपना, सुख्खा र निरसता हुन्छ । प्रेमविना बाँच्ने सायदै कोही होला । गौतम बुद्धले घरबार अझ भनूँ दरबार त्यागे । भन्ने गरिन्छ, उनले माया÷मोह त्यागे तर उनले प्रेम त्यागेका होइनन्, महामानव गौतम बुद्धले हर मान्छेको दुःख÷पीडाले उनलाई पोल्थ्यो अर्थात् उनीभित्र रहेको मानवताप्रतिको प्रेमभावले उनलाई भोग विलासी भएर रहनै दिएन । यस अर्थमा उनले प्रेम त्यागेका होइन्, खोजेका थिए, बाँड्न चाहेका थिए । 

हामीभित्र प्रेमको सागर छ, समुद्र छ बाँड्न जान्यौँ र सक्यौँ भने हामी गौतम बुद्ध, महात्मा गान्धीजस्तै निःस्वार्थ प्रेमी बन्न सक्छौँ, संसारलाई प्रेमले पगाल्न सक्छौँ । आज उनीहरुलाई प्रेम नगर्ने कोही छ र ? प्रेम प्रसाद हो । प्रेम अमृत हो । प्रेम आनन्द हो । प्रेम अमृतसरोवरको झरना हो । 

तर आजको मान्छे केवल आकर्षणलाई प्रेम सम्झिन्छ । उनीहरुको प्रेम क्षणिक हुन्छ । विस्तारै आकर्षण कम हुँदै जाँदा त्यस्ता प्रेम हराउँदै जान्छन् । क्षणिक आकर्षण भंग भएसँगै प्रेम पनि समाप्त हुन्छ ।

प्रेम पाउनु हो कि गुमाउनु हो, बन्धन हो कि मुक्ति हो भन्ने कुरा चर्चाको विषय बन्ने गरेको छ । के हाम्रा हरेक निर्णय सही छन् ? कतै हामीले आफैँलाई गलत बाटोमा लग्ने काम त गरिरहेका छैनौँ । हामी केमा विश्वास गर्छौँ, मानवजीवन कसरी चलेको छ, आज हामी केतर्फ आकर्षित छौं, केमा उद्यत छौ, लालायित छौँ भन्ने चिन्तन आवश्यक छ । 

हिजोआज विशेष त जीवनसाथी चुन्ने अर्थात् प्रेमीप्रेमीकाबीचको सम्बन्धमा कच्चापन देखिनथालेको छ । हामी मापकविहीन संसारको फैलावट बिर्सेर सानो संसारलाई प्रेम गर्ने भएका छाँै । नेपालको सन्दर्भमा प्रेमीप्रेमीका बाहिर खुलेर आएको खासै देखिँदैन । विवाहित जोडीहरु छुट्टिने क्रम भने तीव्र रुपमा बढ्दो छ । 

आकर्षणबाट सिर्जित प्रेम क्षणिक हुन्छ । विस्तारै कम हुँदै जान्छ र यसले अनिश्चितता, असुरक्षा बढाउँछ । सुखभोगलाई गरिने प्रेम तात्कालिक आवेगमात्रै हो । 

एक महिनाअघिको एउटा घटनाको याद आयो । एक जना बहिनीले आफूले विवाह गरेको भनेर फेसबुकमा फोटो सार्वजनिक गरिन् । यो भागी बिहे हुनुपर्छ सायद । संवैधानिक रुपमा उमेर पनि नपुगेको त्यो जोडी अहिले अस्तित्वमा छैन । यो सबै आकर्षणलाई गरिने प्रेमको परिणाम हो ।  

हामीलाई नयाँभन्दा पुरानो मित्र सहज लाग्छ । खुल्न सक्छौँ । भावनाहरु आदानप्रदान गर्न सक्छौँ । त्यहाँ प्रेम प्रगाढ हुन्छ । अन्तरात्मादेखिको प्रेम दिव्य र सदावहार हुन्छ । सुविधाबाट होइन, हृदयबाट गरिएको प्रेम दीगो हुन्छ । प्रेमले यही महसुस गराउँछ । सत्य के हो भने प्रेम आध्यात्मिक शक्ति पनि हो ।

प्रेम अलौकिक हुन्छ । यो कहिल्यै मर्दैन, अजर अमर हुन्छ ।

सम्बन्धित समाचार

सार्वजनिक सुरक्षा विधेयक विचार गरिने, संसद ७ गते बस्ने गरी स्थगित

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।

हिमेश रेशमियाले गरे प्रेमिका सोनिया कपुरसँग विवाह 

मुम्बई । संगीतकार एवं गायक हिमेश रेशमियाले आफ्नी लामो समयदेखिकी प्रेमिका सोनिया कपुरसँग विवाह गरेको रिपोर्ट सार्वजनिक भएको छ  । मिडिया रिपोर्टका अनुसार रेशमियाले सोनियासँग विवाह गरेको र छिट्टै रिसेप्सन पार्टी

सोनमको विवाहको पार्टीमा पुर्वप्रेमी सेलिब्रेटीहरुको जम्काभेट ! 

मुम्बई । बलिवुडमा हालै अभिनेत्री सोनम कपुर र आनन्द आहुँजाको विवाह पछिको रिसेप्सन पार्टीमा बलिवुडका पुर्वप्रेमी स्टारहरुको जम्का भेटले रिसेप्सन पार्टीकोचर्चा झन् बढेको छ । सोनमले दिएको सो रिसेप्सनमा पुर्वप्रेमीहरु सलमान

विपीको सिद्धान्त र विचारका जगमा परिवर्तन – वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् ।  विपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ

Loading...

Loading...