• २०८१ बैशाख ७ शुक्रबार

कार्ड प्रणालीबाट सामान किने हिमालयन बैंकले १० प्रतिशतसम्म को नगद फिर्ता गर्ने 

kharibot

काठमाडौं । हिमालयन बैंकले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउनेछन् । 

योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पिओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ ।

यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा पाँच प्रतिसत र अनलाइन बाट सामान खरिद गर्दा १० प्रतिसनसम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । 

नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक समेत रहेको हिमालयनको हाल मुलुकभर ९५ वटाभन्दा बढी एटिएम काउन्टरहरु र तीन हजारभन्दा बढी (पिओएस) मेसिनहरु सञ्चालनमा छन् । बैंकका अनुसार यो योजना कुनै पनि नेपाली अनलाइनबाट वा कुनै पनि बैंकको पिओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै