• २०८१ बैशाख ४ मंगलबार

धर्मेन्द्र पनि अन्तत: आए ट्वीटरमा 

kharibot

बलिवुडका हिटम्यान धर्मेन्द्र पनि अन्तत: सामाजिक सञ्जाल ट्वीटरमा आएका छन् ।

@aapkadharam नामको ट्वीटर एकाउन्टबाट विहिबारदेखि उनि ट्वीटरमा आएका हुन् । ८१ बर्षीय अभिनेता धर्मेन्द्र हाल हैदराबादमा नयाँ फिल्म यमला पगला दिवाना फिर से फिल्मको सुटिंगमा व्यस्त रहेका छन् । धर्मेन्द्र समाजिक सञ्जाल ट्वीटरमा आउने पुरानो पिढीका पछिल्ला अभिनेता हुन् ।

सोले जस्तो सदाबहार सुपरहिट फिल्ममा अभिनय गरेका धर्मेन्द्रका सहकर्मी अमिताभ बच्चन ट्वीटरमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी पछि बढी फलोवर भएका व्यक्ति हुन् ।

धर्मेन्द्रले आफ्नो नयाँ फिल्मको सेट बाट दुई तस्विर पोष्ट गर्दै समाजिक सञ्जालमा आएका हुन् । उनले भनेका छन्-‘तपाइँहरुको मायाले मलाई तपाईहरुको नजिक आउन झन् प्रेरित गरेको छ । ’

धर्मेन्द्रका छोरा सनी देओलले आफ्ना पितालाई ट्वीटरमा स्वागत गर्दै म र बबी देओल उँहालाई ट्वीटरमा ल्याउन सफल भएका छौ भनेका छन् ।

सोले फेम अभिनेता धर्मेन्द्र भारतमा तेस्रो उच्च नगरिक सम्मान पदमा भुषण पाउने अभिनेता हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै