कारको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

खरीबोट
ad

पथरी । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८ः०० बजे मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

टिपरको ठकरबाट तीन जनाको मृत्यु

भक्तपुर । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  बा ३ ख ६६७४ नंको टिपरले बा ५६ प १२२७ नंको स्कुटरलाई ठक्कर

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

राजविराज । सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन ।  स १ त

ट्र्याक्टरको ठक्करबाट सुर्खेतमा पैदल यात्रीको मृत्यु

सुर्खेत / ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ ।  सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय

दाङमा मोटरसाइकलको ठक्करबाट मृत्यु

तुलसीपुर, दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ ।  दुई बजे मोटरसाइकलको ठक्करबाट