बैतडीमा चट्याङ लागेर २२ जना सैनिक घाइते

खरीबोट

बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । 

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । 

उनले भने, ‘घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।’ गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए । 

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण 

काठमाडौँ।  प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी

मेरो कार्यकाल सकारात्मक र प्रभावकारी रह्यो – प्रधानसेनापति राजेन्द्र क्षत्री

काठमाडौँ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताएका छन् ।  सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति

बलाधिकृत पूर्णचन्द्र थापाले बिहीबारदेखि कामु प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै

काठमाडौँ। बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ

 भिरबाट खसेको ढुंगाले लागेर सैनिकको मृत्यु

बैतडी। ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक