• २०८१ बैशाख ६ बिहीबार

महोत्तरीमा ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

kharibot

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नंको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो । 

त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताए । 

दुर्घटनापश्चात् प्रहरीले आमाछोरालाई ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै