विश्वकप छनोटमा पुग्न नेपालका लागि आजको खेल महत्वपुर्ण

खरीबोट

फाइल तस्विर । 

काठमाडौँ । विश्वकप छनोट खेल्न नेपाललाई आज क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ । 

बुधबार अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बुधबार शीर्ष स्थानको क्यानडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी हुन्छ । 

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वल्डकप क्वालिफायरमा छनोट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् । अहिलेसम्म एक खेल पनि जित्न नसकेको केन्या डिभिजन टुबाट थ्री मा घटुवा भइसकेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा आज शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएइलाई हराएको थियो । 

नेपालले क्यानडासँग खेल्दा घरेलु टोली नामिबियाले युएइको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । गत असोजमा नेपाल डिभिजन वानबाट डिभिजन टु मा घटुवा भएको थियो ।

 

सम्बन्धित समाचार

ग्लोबल आइएमई बैंकद्वारा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई १ वर्षका लागि प्रायोजन

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याय बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर १९ टिमका कप्तान

प्रदेश सरकारले क्रिकेट खेलाडी करण केसीलाई एक लाख दिने घोषणा

पोखरा । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।  पश्चिमाञ्चल क्षेत्रीय

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान

विश्वकप छनौट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं ।  फागुन २० गतेदेखि जिम्बाबेमा सुरु हुने आइसीसी एकदिवसिय विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत