विकाससंगै मासिन थाले पुराना चौतारी

खरीबोट

रामपुर । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ । 

गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् । गर्मीको समयमा शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्नका लागि गाउँघरमा लगाइएका वरपिपलसहितका चौतारीहरु अहिले विकास निर्माणका नाममा धमाधम मासिँदैछन् । पुराना पुस्ताले भने चौतारी जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेका छन् । 

रामपुर नगरपालिका क्षेत्रमा रहेका पुराना चौतारी सडक निर्माण तथा विस्तार गर्नेक्रममा स्थानीयद्वारा नै मासिन थालेका हुन् । रामपुर नगरपालिकाले गाउँका ग्रामीण सडकलाई प्राथमिकता दिएर काम गर्न थालेपछि चौतारी मासिँदै गएको हो । 

वरपिपलसहितको चौतारीमा स्थानीयले पूजाआजा गरेर यसको पौराणिक महत्वलाई ध्यानमा राखी संरक्षण तथा जगेर्ना गरेका चौतारी अहिले मासिन थालेपछि चिन्ता लागेको रामपुरका बृद्ध नेत्रप्रसाद तिवारी बताउँछन् । 

गाउँको विकास भएन भने जनता सधैँ अन्धकारमा बस्न बाध्य हुनेछन्, त्यसैले गाउँको विकास र परिवर्तनका लागि पुराना चौतारी मासेर सडक विस्तार गर्ने काम अगाडि बढाएको बहखोला सुन्दरटोल बसपार्क बाटो निर्माण समितिका सचिव सागर रेग्मी बताउँछन् । 

सडक विस्तार नहुँदा दुर्घटनाको जोखिम पनि बढेपछि रामपुरका विभिन्न ग्रामीण सडक मर्मत तथा विस्तारका क्रममा चौतारी हटाउन थालिएको रेग्मीको भनाइ छ ।

सम्बन्धित समाचार

पाल्पामा वृद्धाको हत्या

पाल्पा / बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।  छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी

पाल्पाको तालपोखरीमा कालीगण्डकीको पानी लिफ्टिङ गरी डुंगा सञ्चालनमा

पाल्पा । मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको

पाल्पा रिब्दीकोटका दलित समुदाय बाँसका सामाग्री बनाउनबाट विस्थापित

पाल्पा । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।  घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने

पाल्पाको रानीमहलमा आधारित चलचित्र बन्ने

काठमाडौँ ।  त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।  स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको