तनहुँको मेघदह माविका विद्यार्थीले ड्रोन बनाए

खरीबोट

फाइल तस्विर । 

ad

दमौली । तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । 

विद्यालयको २९औँ वार्षिकोत्सवका अवसरमा ती विद्यार्थीले ड्रोन बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण निर्माण गरी अभ्याससमेत गरेका थिए । 

ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक इलेक्ट्रो म्याग्नेट, पेन्सिल लाइट, सोलार बल्ब, मिनी भ्याकुम क्लिनर, मिनी मोटर पम्प, इलेक्ट्रिक डुंगा, पेरिस्कोप, बाइनोकुलर, इलेक्ट्रो म्याग्नेट, सिम्पल सेललगायत २० वटाभन्दा बढी उपकरण निर्माण गरी प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल रमेशबहादुर अधिकारीले जानकारी दिए । 

विद्यार्थीले एक हप्तामै विज्ञानका ती उपकरण निर्माण गर्न सफल भएको दाबी उनले गरे । आफ्ना बालबालिकाले महत्वपूर्ण विज्ञानका सामग्री निर्माण गर्दा अभिभावक भने दंग परेका थिए । 

सम्बन्धित समाचार

राजामामा कुसुण्डाको शवमा छोरीले दागबत्ती दिइन्

दमौली, तनहुँ ।  लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्र्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् ।  पवित्र मादी र सेती घाटमा पुर्याइएको बाबुका पार्थिव शरीरमा

तनहुँमा दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गरिने

काठमाडौँ । तनहुँ म्याग्दे–काठमाडौँ समाजले गाउँपालिकामा हुने आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै आकस्मिक दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।  समाजको आज काठमाडौँमा सम्पन्न पहिलो साधारणसभा तथा तनहुँका नवनिर्वाचित

स्कुल बसको ठक्करबाट एक वृद्वाको मृत्यु

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ गल्वुवेशींमा स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ९५ वर्षीय विष्णुमाया पन्थ रहेको प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।  तालघारेबाट विद्यार्थी छोड्दै भादगाउँतर्फ

चितुवाले खाएको बालकको परिवारलाई राहत

दमौली । तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ ।  पीडितको परिवारलाई

Loading...

Loading...