• २०८१ बैशाख ५ बुधबार

प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया सुरु, बिहीबार मुख्यमन्त्रीको शपथ

kharibot

विराटनगर । प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । 

प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले)को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाए । 

प्रदेश नं १ मा नेकपा (एमाले)को स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा (एमाले)का मात्र ५१ सदस्य छन् । यसबाहेक नेकपा (माओवादी केन्द्र)को १५ प्रदेशसभा सदस्य छन् । 

नेकपा ९एमाले०ले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नेछन् ।

फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उनले जानकारी गराए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै