भारतीय सेनाध्यक्षले हेरे नेपाली सैनिक कला (फोटोफिचर) 

खरीबोट

काठमाडौँ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक भइन् । 

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र क्षत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित थिए ।  

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी थिए । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुन् । 

सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो । सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए । 

कार्यक्रममा शान्ति सेनामा संयुुक्त राष्ट्र संघमा सहभागी भएको ६० वर्ष पुगेको अवसरमा नेपाली सेनाद्वारा विभिन्न मिसनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो । 

सेनाले शिवरात्रिका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी सेना दिवस भव्य रुपमा मनाएको छ । सैनिक मुख्यालय जंगीअड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी राख्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको इतिहास छ । 

वर्तमान सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म ४२ मिसन रही करिब एक लाख १९ हजार २०७ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ । 

संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ वटा शान्ति मिसन शिविरमा चार हजार ८३४ को संख्यामा नेपाली सैनिक अहिले तैनाथ छन् । नेपाली सेनाको हालको जनशक्ति झण्डै ९५ हजारको हाराहारीमा छ । पछिल्ला समयमा नेपाली सेना मुलुकभित्र विपद् व्यवस्थापन, प्रकृति संरक्षण र सडक विस्तारलगायतका पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । 

तस्बिरहरु : रासस

सम्बन्धित समाचार

बैतडीमा चट्याङ लागेर २२ जना सैनिक घाइते

बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको

शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण : मन्त्री प्रधान

काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए ।  ‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’ शिवपुरीमा आज आयोजित ‘अपरम्परागत सैनिक भूमिकामा नेपाली

सरकारद्वारा राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी

काठमाडौँ । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो। यस्तै शुक्रबार बसेको बैठकले राष्ट्रियसभामा

प्रधानसेनापतिद्वारा पूर्वप्रधानसेनापति र पूर्वरथीहरुसँग भेटघाट तथा अन्तरक्रिया

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।  नेपाली सेना सम्बन्धि विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग संवद्ध समसामयीक विषयहरुमा नियमित रुपमा