प्रदेश ४ का मुख्यमन्त्रीको बुधबारको शपथ सर्‍यो, शुक्रबार हुने 

खरीबोट
ad

पोखरा ।  प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ । 

यसअघि भोलि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ ।

प्रदेश नं ४ का नेकपा ९एमाले०का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

सम्बन्धित समाचार

अब पनि विकास नभए कहिल्यै हुँदैन: मुख्यमन्त्री गुरुङ

 लमजुङ, /  प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताए।  गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा

जनताका भावनालाई समेटेर बजेट आउनुपर्छ : प्रदेश ४ का सांसद

पोखरा । प्रदेश नं ४ को आजको प्रदेश सभा बैठकमा सदस्यहरूले जनताका भावना समेटेर बजेट आउनुपर्ने धारणा राखेका छन् ।  आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाए विश्वासको मत 

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पक्षमा ४१ मत परेको छ । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४

आवश्यकताका आधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यकता र औचित्यका आधारमा कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी, कास्कीको ३४ औँ जिल्ला अधिवेशनको आज यहाँ