प्रदेश ४ का मुख्यमन्त्रीको बुधबारको शपथ सर्‍यो, शुक्रबार हुने 

खरीबोट

पोखरा ।  प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ । 

यसअघि भोलि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए। 

उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ ।

प्रदेश नं ४ का नेकपा ९एमाले०का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

सम्बन्धित समाचार

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाए विश्वासको मत 

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पक्षमा ४१ मत परेको छ । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४

आवश्यकताका आधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यकता र औचित्यका आधारमा कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी, कास्कीको ३४ औँ जिल्ला अधिवेशनको आज यहाँ

प्रदेश ४ का मुख्यमन्त्रीको बुधबारको शपथ सर्‍यो, शुक्रबार हुने 

पोखरा ।  प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ ।  यसअघि भोलि फागुन २ गते बुधबारका लागि

गुरुङको राजनीतिक यात्रा : हली हड्तालदेखि प्रदेश ४ को मुख्यमन्त्रीसम्म

पोखरा । प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्वा गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  कूल ६० सदस्य भएको प्रदेशसभामा २७ सदस्य