अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी : केही बेर उडान प्रभावित

खरीबोट

फाइल तस्बिर

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । 

आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

“विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने । 

प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उप्किएपछि

काठमाडौँ /  धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।  धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण

कालोपत्र उप्किएर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु 

काठमाडाैं।  धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ।  धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको

विमानस्थलको धावनमार्गमा चिरा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध 

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ । एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

लुम्बिनी /अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ ।  विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको