अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी : केही बेर उडान प्रभावित

खरीबोट

फाइल तस्बिर

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । 

आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

“विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने । 

प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । 

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान सुचारु 

काठमाडौं । मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि बिहीबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको अन्तराष्ट्रिय उडान सुचारु भएको छ ।  आन्तरिक उडान सुचारु भएको केहि घन्टामा अन्तर्राष्ट्रिय उडान पनि सुचारु भएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान १२ बजेसम्म सुचारु हुने 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो, १३९ यात्रुसहित चालकदलका सदस्य सकुशल

काठमाडौँ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ । गएराती ९:४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लाग्दा अनियन्त्रित भएर धावनमार्ग छाडेर चौरमा

जेठको पहिलो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन