• २०८१ बैशाख ७ शुक्रबार

गोर्खा बियरको अनलाइन क्याम्पेनको भारतमा प्रशंसा 

kharibot

काठमाडौँ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरी गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुको सो अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको छ ।

गोर्खाको नयाँ क्याम्पियनको सिरिज्मा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ र यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ । आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एमओएम) लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एमओएम परिचित छ । एमओएमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर नै भन्दा पनि फरक पर्दैन ।

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको छ र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एमओएम)ले भनेका छन्, “यो क्याम्पियन साँच्चै नै अद्वितीय छ । लोयालीटी कट्सीनेस र रेपेक्ट जस्ता शब्दहरुलाई गोर्खालीको विशेषताहरुसँग आवद्ध गरेर देखाइएको छ । गोर्खाको भावलाई हामी सलाम गर्छौं ।”

म्याड ओभर मार्केटिङ (एमओएम) ले अझ भनेका छन्, “गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना गरेको छ । एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।”

डिसरेस्पेक्ट, डिसलोयालीटी र डिसकट्सीनेस जस्ता शब्दहरु भनेको गोर्खा सैनिकहरुलाई परिभाषित गर्ने भन्दा विपरित शब्दहरु हुन् र तिनै शब्दहरुलाई निकै साधारण एनिमेशनद्वारा ब्राण्ड (बोटलको छाँया) ले उपसर्ग हटाएर हामीलाई एउटा असली गोर्खा सैनिकमा रेपेक्ट, लोयल र कट्सीनेस् हुन्छ भन्ने कुरा याद गराउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै