पश्चिमी वायुले देशैभर मौसममा बदली

खरीबोट

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सोमबार राती परेको हिमपातपछि मंगलबार विहान देखिएको सेताम्मे गाउँ । तस्बिर : रासस

ad

काठमाडौँ / पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

काठमाडौँमा आज बिहानीपख हल्का वर्षा भएको थियो । मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौँमा दुई दुई मिलिमिटर वर्षात् भएको छ । 

काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

सम्बन्धित समाचार

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

ठिनी, मुस्ताङ ।  उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ ।  साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव

मनसुनी गतिविधि सक्रियः अझै एक\दुई दिन बदली र वर्षा

काठमाडौँ । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ ।  प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र

उपत्यकामा शनिबार विहानदेखि वर्षा, आइतबारसम्म मौसमी गतिविधि जारी रहने  

काठमाडौँ । विहिबारदेखि जारी बदली र वर्षा आइतबारसम्म जारी रहने भएको छ । मौसम बिभागले तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

काठमाडौँ । तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।  उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश