एकचोटि चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया तपाईंको शरीरमा !

खरीबोट
ad

युरोप । बिहीबार युवायुवतीहरु भ्यालेन्टाइन मनाउने तयारी गरिरहँदा उनीहरुका लागि दुःखद खबर छ ।

त्यो के भने प्रणयजोडीहरु एक आपसमा चुम्बन अनि माया गरेर यो दिवस मनाउँदै आएका छन् तर एक अध्ययनका अनुसार १० सेकेन्डमा एकपटकको चुम्बनको दौडान आठ करोड ब्याक्टेरिया एकआपसको मुखबाट प्रवेश गर्ने गर्छन् । नेदरल्यान्डका वैज्ञानिकहरुको एक समूहले यस्तो तथ्य पत्ता लगाएका हुन् । 

उनीहरुले २१ जोडीले गरेको चुम्बनमा अध्ययन गरेका थिए । यस निगरानीमा मानिसहरु विशेष गरी पश्चिमा समाजमा एक दिनमा नौचोटि एकआपसमा चुम्बन गर्ने गर्छन् । अध्ययनअनुसार मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडको संख्यामा रहेका हुन्छन् । तर यसमध्ये केही भने छिटै फैलिने क्षमताका हुन्छन् । 

यो अध्ययन माइक्रोबिओम भन्ने जर्नलमा सन् २०१४ मा छापिएको थियो । नेदरल्याण्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ)का एक समूहले एउटा जोडीले गरेको चुम्बनलाई लिएर निकै प्रश्नहरु सोधेका थिए ।

यसमध्ये एउटा प्रश्न गत वर्ष उनीहरुले कतिपटक चुम्बन गरेका थिए र अन्तिम चुम्बन कहिले गरेका थिए । उनीहरुले जिब्रो, ओठ लगायतको नमूना लिएका थिए भने १० सेकेन्डको चुम्बनपछिको नमूना पनि लिएका थिए । त्यसपछि एकजोडीलाई प्रोबायोटिक ड्रिंक पिउन लगाइयो जसको मद्दतले सजिलैसँग ब्याक्टेरियाको पहिचान सम्भव हुन्छ । 

यसपछि पछिल्लो चुम्बनको दौडान कति संख्यामा ब्याक्टेरियाहरु ट्रान्सफर भए भनी अध्ययन गरिएको थियो । 

सम्बन्धित समाचार

एकचोटि चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया तपाईंको शरीरमा !

युरोप । बिहीबार युवायुवतीहरु भ्यालेन्टाइन मनाउने तयारी गरिरहँदा उनीहरुका लागि दुःखद खबर छ । त्यो के भने प्रणयजोडीहरु एक आपसमा चुम्बन अनि माया गरेर यो दिवस मनाउँदै आएका छन् तर एक

पूर्वप्रेमी रणवीरको भाइले दीपिकालाई चुम्बन गरेको तस्बिर भाइरल

बलिउड । भर्खरै सुटिंग सकिएको बलिउड फिल्म पद्मावती अहिले चर्चामा छ । सकारात्मक प्रतिक्रियापछि दीपिका पादुकोणले आफ्नो घरमा पार्टी राखेकी थिइन् । उनले बोलाएको पार्टीमा बलिउडका कैयौं कलाकारहरु सहभागी भएका