प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

खरीबोट

बुटवल / प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन् । 

प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी गरेका हुन्  ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि मात्र गरेको थियो । 

संसद्मा वाम गठबन्धनको बहुमत छ । अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ । 

काँग्रेस सांसद वीरबहादुर रानाले काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । काँग्रेसले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन । उहाँले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र आफूहरुले सरकार बनाउने सम्भावना नरहेकाले दलको नेता र सभामुखको उम्मेदवारीमा कुनै निर्णय नभएको बताए । 

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिए । उनले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताए । 

सम्बन्धित समाचार

प्रदेश ५ को उपसभामुखमा वाम गठबन्धन र काँग्रेसको उम्मेदवारी

बुटवल ।  प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराएकी छन् । काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं

पहिलो मन्त्रिपरिषद् बैठकमै प्रदेश ५ का मुख्यमन्त्रीको महत्वकांक्षी योजनाको खाका प्रस्तुत

बुटवल / संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बनेका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उनले उक्त प्रदेशलाई समृद्ध

प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

बुटवल / प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन् ।  प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका

आज बस्ने प्रदेशसभा बैठको तयारी पुरा, बुटवलमा सांसदलाई होटलमा २० प्रतिशत छुट

बुटवल ।  राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हँुदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गरेका छन् । बैठकका