• २०८१ बैशाख ८ शनिबार

सुदूरपश्चिमलाई टाइबे्रकरमा हराउँदै थ्रि–स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

kharibot

बारा । टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्रिस्टारले टाईव्रेकर सम्म संघर्ष गर्नुपर्यो । 

टाइव्रेकरमा थ्रिस्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे । सुदुरपस्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गर्दा जीवन चौधरीको प्रहार थ्रिस्टारका गोल रक्षक एलन न्यौपानेले बचाउ गरे । सुदुर पस्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो । 

खेलको पहिलो हाफमा १–० ले पछि परेको सुदूरपश्चिमले खेलको ८७ औं मिनटमा गोल गर्दै थ्रिस्टारलाई बराबरीमा रोकेपनि टाईव्रेकर फलदायक नवन्दा पहिलो सहभागितामै सिमरा गोल्डकपको सेमिफाईनल पुग्ने अवसर गुमायो । 

यस अघि खेलको पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्रिस्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा आकर्षक अवसर बनाउन नसकेको सुदुरपस्चिमले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । दोश्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदुरपश्चिमले थुप्रै अवसर सिर्जना गरेपनि बराबरी गोल फर्काउन अन्तिम सम्म संघर्ष ग¥यो । 

खेलको ८७ औं मिनटमा मणिराम चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । 

खेलको म्यान अफ दि म्याच थ्रिस्टारका गोल रक्षक एलन न्यौपाने घोषित भए । प्रतियोगिताको अन्तिम क्वाटर फाईनलमा सोमवार साविक विजेता सिएमजी संकटा क्लब र बिरगंज यूनाईटेड क्लब विच खेल हुँने आयोजकले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै