प्रदेश २ मा बिहीबारसम्म मुख्यमन्त्री नियुक्त गरिसक्न दलहरुलाई आह्वान सोमबार

खरीबोट

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी फागुन ३ गतेभित्र मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक दललाई आह्वान गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ उपधारा १ बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको उल्लेख गरिएको छ । 

प्रदेश प्रमुख कार्यालय सचिव लावण्यकुमार ढकालका अनुसार प्रदेश प्रमुखबाट दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सो अवधिभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरिएको हो । 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको प्रदेशसभा सम्बोधन : पानी जहाज त प्रदेश २ बाटै चल्छ

काठमाडौँ । प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ बाटै पानी जहाज चलाउने बताए। प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश २ बाट

शिक्षा नीति बदल्नुपर्दछ : गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताएका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उनले

प्रधानमन्त्री ओलीले आज प्रदेश २ को प्रदेशसभा बैठक सम्बोधन गर्ने 

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउने प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ

अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन  । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन