कांग्रेस, माओवादी केन्द्र र राजपालाई समानुपातिक सांसद्को नाम सच्याउन भोलिसम्मको म्याद 

खरीबोट

काठमाडौँ । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले सोमबार बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरेको छ । 

उक्त दलले समानुपातिकतर्फ आफ्नो भागमा परेका समानुपातिक सांसद्को नामावली आयोगमा बुझाएका भए पनि आयोगले समावेशी समूहमा प्राथमिकता नमिलाई पठाएका कारण सच्याउन भनेको हो । 
 

सम्बन्धित समाचार

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

काठमाडौँ /निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आजै राष्ट्रपतिलाई बुझाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आजै राष्ट्रपतिलाई बुझाउने भएको छ ।  कांग्रेस, माओवादी र राजपाले सूची सच्याएर आयोगमा बुझाईसकेकाले समानुपातिकको अन्तिम नतिजा आजै सार्वजनिक गरेर पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने

फागुनको पहिलो हप्ता प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक हुने 

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने जनाएको छ । मंगलबार आयोगले पत्रकार सम्मेलन गरि दलहरूले तोकिएकै समयमा समानुपातिकको सूची उपलब्ध गराउने

निर्वाचनको अनुकूल वातावरण बनाउन निर्वाचन आयोगको अपिल

काठमाडौँ । नेपालको संविधानले व्यवस्था गरेअनुसार संघीय संसद्लाई पूर्णता दिने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन निर्वाचन आयोगले अपिल गरेको छ ।  सरकारले यही माघ २४ गते बुधबारका दिन राष्ट्रियसभाको