शिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाको शुभकामना 

खरीबोट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् । 

हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा उनले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् । 

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्। 

शिवरात्रिका अवसरमा आज दिएको सन्देशमा उनले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गरेकी छिन् ।

त्यस्तै,  प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् । 

शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् । 

सम्बन्धित समाचार

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१

बिहानैदेखि डोलेश्वर मन्दिरमा भीड

भक्तपुर । हरेक वर्षझैँ यो वर्षको महाशिवरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ । उपत्यका  भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड

शिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाको शुभकामना 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर