माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिकतर्फका १७ सांसद्हरुको नाम, को-को परे ? 

खरीबोट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद् हुनुहुन्छ । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन् । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् । 

यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहेको प्रवक्ता भुसालले जानकारी दिइन् । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुन् । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएका छन् । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन हुनुभएको प्रवक्ता भुसालले जानकारी दिइन् । 

माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ । 

पार्टी एकताले गति लियो 
प्रवक्ता भुसालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सोमबार भएको छलफल सकारात्मक भएको जानकारी दिइन् । उनले एकताका सन्दर्भमा दुई अध्यक्षबीचको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने राससलाई बताइन् । 

“छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ”, प्रवक्ता भुसालले भनिन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज एक्लाएक्लै भेटवार्ता भएको थियो । मंगलबार अध्यक्षद्वयबीच एक्लाएक्लै पुनः भेटवार्ता गर्ने कार्यक्रम छ । 

सम्बन्धित समाचार

प्रचण्डलगायतले पार्टी छोडेको भन्दै माओवादी केन्द्रले गर्यो महाधिवेशन आयोजक समिति गठन

काठमाडौँ ।  पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ

पार्टी एकीकरणमा व्यस्त एमाले-माओवादी केन्द्र, के के हुदै छ आज ?

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्र आज बिहानै देखि पार्टी एकीकरण गर्न व्यस्त देखिएका छन् ।  आज बिहान तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ

एमाले—माओवादी केन्द्र एकता घोषणाको तयारी, यस्तो छ आजको कार्यक्रम

काठमाडौँ  ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ ।  आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया,

राष्ट्रिय सभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा दीनानाथ शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । यसअघि राष्ट्रिय सभाको अध्यक्षको दाबेदार रहेका शर्मा प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्