काँग्रेसले टुंगो लगायो समानुपातिक सूची, को को परे ? [नामसहित]

खरीबोट

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

समानुपातिक सूचीमा खस÷आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन हुनुभएको छ । त्यस्तै खस÷आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहनुभएको छ । 

आदिवासी÷जनजाति (पुरुष) तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन हुनुभएको सचिव रिजालले बताउनुभयो । आदिवासी÷जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा हुनुहुन्छ । 

मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन हुनुभएको छ । त्यस्तै दलित (पुरुष) तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन हुनुभएको छ भने दलित (महिला) तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली हुनुुहुन्छ ।

थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला) तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी हुनुहुन्छ । त्यस्तै मुस्लिम (पुरुष) मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला) तर्फ सर्वतआरा खानम चयन हुनुभएको उहाँले जानकारी दिनुभयो । 

गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी काँग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् । त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १३ स्थानमा विजयी भएको काँग्रेसका छ महिला विजयी भएका थिए । 

कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले काँग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । पार्टीले आजै सो नामावली आयोगमा बुझाएको छ । 

आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिक रुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो । 

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले ४१, नेपाली काँग्रेसले ४०, नेकपा (माओवादी केन्द्र) ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ÷छ स्थान प्राप्त गरेका छन् ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा(तीन जना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ । 

सम्बन्धित समाचार

समानुपातिक विज्ञापन वितरण निर्देशिका कार्यान्वयन गर्न अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले आज विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९ अविलम्ब कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले २०७४

काँग्रेसले समानुपातिक नामावली सच्यायो 

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।   काँग्रेसले यस अघि आयोगमा पठाएको मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको

कांग्रेस, माओवादी केन्द्र र राजपालाई समानुपातिक सांसद्को नाम सच्याउन भोलिसम्मको म्याद 

काठमाडौँ । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर

माओवादी केन्द्रले आयोगमा बुझायो समानुपातिकतर्फका १७ सांसद्हरुको नाम, को-को परे ? 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।  माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना