• २०८१ बैशाख ७ शुक्रबार

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने  

kharibot

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३र०७४ को मुनाफाबाट आफ्ना साधारण सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय आज सम्पन्न एघारौँ साधारण सभाले गरेको  हो । त्यसैगरी नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ । 

जस अनुसार २०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर रु. ५ अर्व ४३ करोड २७ लाख १२ हजार लाई वार्षिक ६ प्रतिशतले हुने रकम रु. ३२ करोड ५९ लाख ६२ हजार ७२० नगद लाभांश र साधारण सेयर चुक्ता पुँजी रु.७ अर्व ०८ करोड ७६ लाख ८० हजार को लागि  २० प्रतिशत बोनस सेयर वापत रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुने रु.७ करोड ४६ लाख ०७ हजार १५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । यो निर्णयबाट देशका कुना काप्चामा रहेका करिव २ लाख ४८ हजार सेयरधनीहरु लाभान्वित भएका छन् । 

हाल बैंकको साधारण सेयर पुँजी रु. ७ अर्ब ०८ करोड ७६ लाख ८० हजार  र नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर  पुँजी रु.५ अर्ब ४३ करोड २७ लाख १२ हजार गरी चुक्ता पुँजी रु.१२ अर्व ५२ करोड ०३ लाख ९२ हजार कायम रहेकोमा आज पारित २० प्रतिशत वोनस सेयरले हुने  रकम रु. १ अर्व ४१ करोड ७५ लाख ३६ हजार समेत समावेश गर्दा  बैकको चुक्ता पुँजी रु.१३ अर्व ९३ करोड ७९ लाख २८ हजार हुने भएको छ भने साधारण चुक्ता पुँजी रु.८ अर्व ५० करोड ५२ लाख १६ हजार पुग्नेछ । 

बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालले उक्त साधारण सभामा बैंकको आर्थिक वर्ष २०७३/७४को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु (पूरक समेत) र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७४/७५ को पौष मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए । 

बैंकमा २०७४ साल पौष मसान्तसम्ममा निक्षेप रकम रु.९८ अर्व १७ करोड ३४ लाख पुगेको छ भने लगानीमा रहीरहेको कर्जा रु.९७ अर्व १५ करोड ४९ लाख रहेको छ । बैंकले २०७४ साल पौष मसान्तसम्ममा रु.१ अर्व ०२ करोड ९१ लाख नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.६० रहेकोमा  २०७४ साल पौष महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.९५ प्रतिशत कायम रहेको छ । 

बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको छ । अत्यधिक प्रतिस्पर्धात्मक वजारमा समेत बैंक चालु आर्थिक बर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकांकहरुमा प्रगति गर्न बैंक लागि परेको छ  । 

यो बैंक २०७४ साल माघ ७ गते ५१ औं वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा बैंकले संस्थागत सामाजिक सामुदायिक उत्तरदायित्व अन्र्तगत भूकम्प पीडित, वाढिपीडित, वृद्धाश्रम, खानेपानी, मठमन्दिर, स्कूल हाटबजार यात्री प्रतीक्षालय आदिमा आवश्यकता अनुसार सहयोग गदै आएको छ ।
 
 हाल बैंकका २ सय १३ कार्यालयहरूमा कोर बंैकिंग सिष्टम जडान भई कारोवार सञ्चालन भइरहेको, २८ स्थानबाट लकर सुविधा प्रदान गरिएको, ४१ कार्यालयबाट एटीएम सुविधा प्रदान भएको, १८६ वटा कार्यालयबाट एएसबीए सुविधा उपलव्ध गराइएको, २२४ वटा कार्यालयबाट रेमिट सुविधा उपलव्ध गराइएको, १९८ कार्यालयहरूबाट अनलाइन बैंकिङ्ग सेवा प्रदान हुँदै आएको र २८ वटा कार्यालयहरूबाट सरकारी कारोबारको सेवा प्रदान हुँदै आएको छ ।

साथै, कोर बैंकिंग सिष्टम (टी२४)आर१० लाई नयॉ भर्सन आर१६ मा अपग्रेड गर्ने कार्य गत ७ मा सम्पन्न गरिएको बैंकले जनाएको छ । त्यस्तै, इन्टरनेट बैंकिंग सेवा, एटीएम सेवा विस्तारसँगै भिसा कार्ड, एसएमएस तथा मोबाइल बैंकिंग, आईपीएस, एएसबीए, सीएएसबीए जस्ता अत्याधुनिक बैंकिङ्ग सेवाहरूको दायरा थप फराकिलो बनाउँदै लगिएको छ । कर्जा व्यवस्थापनलाई थप वैज्ञानिक एवं प्रभावकारी बनाउन ‘कर्जा कार्यविधि, २०७३’ लागु गरिएको छ भने भविष्यमा ग्राहकको माग अनुसार अत्याधुनिक प्रविधिमा थप विस्तार गरी नयाँ वस्तु तथा सेवा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाइएको छ । 

साधारण सभामा सेयरधनीहरुले उठाएको विभिन्न जिज्ञासाहरुको जवाफ बैंक संचालक समितिमा अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै