• २०८१ बैशाख ७ शुक्रबार

अटोमय लुम्बिनी ! चलाउनेहरु खुसी, चढ्नेहरुको गुनासो  

kharibot

कपिलवस्तु । लुम्बिनी अटोमय बनेको छ । भगवान् गौतम बुद्धको जन्मस्थल हुनाले यहाँ घुम्न जाने हरेक स्वदेशी तथा विदेशी पर्यटकहरुले रुचाएको ठाउँ हो लुम्बिनी । हरेक महिना हजारौँ स्वदेशी तथा विदेशी पर्यटहरु घुम्न जान्छन् लुम्बिनी । 

लुम्बिनी घुम्न जाने हरेक मान्छेले अटो चढ्छन् । अटो चढ्नु कसैको रहर हो भने यो कसैको लागि बाध्यता पनि हो । किनभने लुम्बिनीको क्षेत्र धेरै भएकाले पैदलको भरमा लुम्बिनी घुम्नु सम्भव हुँदैन । 

विगत ३० वर्षदेखि अटो चलाउँदै आएका स्थानीय हरिबहादुरले अटो चलाएर नै दैनिक ३५ सय रुपैयाँसम्म पैसा कमाउने कमाउँछन् । आफ्नो पाँच जनाको परिवार पाल्नको लागि कुनै समस्या नभएको उनको भनाइ छ ।

३० वर्षदेखि अटो हाँकिरहेका हरिबहादुर आफूले ५० रुपैयाँभन्दा कममा अटो चलाउन सुरु गरेको र हाल दैनिक ३५ सय सम्म कमाउनसकेको बताउँछन् । ‘तर सबै चिजबिजको भाउ बढेकाले यो कमाइ ठूलो होइन’, महंगीतर्फ संकेत गर्दै उनले भने । बिहान७ बजेदेखि साँझसम्म अटो चलाउन व्यस्त हुने उनी लामो समयदेखि आफूले गर्दै आएको कामले खुसि भएको बताउँछन् । 

वैदेशिक रोजगारीको सिलसिलामा छ वर्ष साउदी अरब बसेर आएका स्थानीय रोशन केसी बाहिरबाट कमाउने जति पैसा अटो चलाएर नै कमाउने भएकाले तीन वर्षयता अटो हाँक्दै आएका छन् ।

दैनिक चार हजारसम्म अटो चलाएर नै पैसा कमाउने गरेको रोशन बताउँछन् । आफ्नो घर परिवारसँग बस्न पाएर आफूले दैनिक जम्मा गर्नसकेको रुपैयाबाट खुसी छन् उनी ।

त्यस्तै अर्घाखाँची घर भई हाल लुम्बिनीमा अटो चलाउँदै आएका ईश्वरी पौडेल आफूले अटो चलाएर नै परिवार पाल्नसक्ने भएकाले परिवारसहित लुम्बिनी बस्दै आएको बताए । अटो चलाएर परिवार पाल्न कुनै समस्या नभएको उनको भनाइ छ । 

के भन्छन् अटो सवारहरु ?

काठमाडौँ बसोबास गर्ने र लुम्बिनी घुम्न आएका प्रविण अटो चलाउनेले नयाँ मान्छेलाई ठगेको बताउँछन् ।

आफूलाई लुम्बिनी घुमाइदिने भनेर २/३ वटा गुम्बा घुमाएर ठग्न खोजेको उनले अनुभव सुनाए । प्रविण त एक प्रतिनिधिपात्र मात्र हुन् लुम्बिनी घुम्न आउने हरेक मान्छेलाई अटो चालकले ठग्ने गरेका छन् ।

नयाँ मान्छेलाई कहाँ जाने, कति समय र खर्च लाग्छ भन्ने थाहा नहुने भएकाले लुम्बिनी घुम्न आउने धेरै अटोचालकबाट ठगिने गरेको एक अटोसवारले बताए । 

त्यसैले हरेक ठाउँ घुम्न जाँदा जाने बुझेको मान्छे वा सम्बन्धित ठाउँको बारेमा जानेको मान्छेको साथमा जाँदा सहज हुने अनुभव छ त्यहाँ घुम्न जानेहरुको ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै