• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र केन्याबीच खेल जारी 

kharibot

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वक्रिकेट लिग डिभिजन २ अन्तर्गतको आजको खेलमा नेपालले केन्यालाई ब्याटिंग गर्न निम्त्याएको छ । विन्डहोक मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि केन्याले अहिले ब्याटिंग गरिरहेको छ । 

पहिलो खेल आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । तर तेस्रो खेलमा भने आइतबार यूएईलाई चार विकेटले हराउँदै नेपाल जारी प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको हो । 

पहिलो स्थानमा क्यानडा छ अंकसाथ रहेको छ भने नेपालको चार अंक छ । यस्तोमा आजको केन्याविरुद्धको खेल नेपालले जित्नैपर्ने हुन्छ । केन्याले जारी प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको छ । बाँकी सबै टोलीले तीन, तीन खेल खेलिसकेका छन् ।

नेपालभन्दा पछाडि केन्याबाहेक यूएई, नामिबिया र ओमान रहेका छन् । जारी प्रतियोगितामा नेपालको बलिंग राम्रो देखिए पनि ब्याटिंग भने चल्नसकेको छैन । 

जारी प्रतियोगिताको यो दशौँ खेल हो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै