• २०८१ बैशाख १३ बिहीबार

ला ला ल्याण्ड अभिनेत्री एमा स्टोन बनिन् संसारकी सबैभन्दा बढी कमाई गर्ने अभिनेत्री

kharibot

एमा स्टोन ओस्कार अवार्डका साथ

काठमाडौँ । हलिवुड अभिनेत्री एमा स्टोन संसारकी सबैभन्दा बढी कमाई गर्ने अभिनेत्री बनेकी छन् ।

फोर्ब्स पत्रिकाले हरेक बर्ष निकाल्ने बार्षिक सुचिमा ओस्कार विजेता अभिनेत्री स्टोनले जेनिफर लोरेन्सलाई पछि पर्दै शिर्ष स्थानमा पुगेकी हुन् ।

लोरेन्स पछिल्लो दुई बर्षदेखी धेरै कमाउने अभिनेत्रीको फोर्ब्सको सुचिमा पहिलो नम्बरमा थिइन् ।

२८ बर्षिय स्टोनले पछिल्लो बर्ष २६६ करोड कमाइ गरेको फोर्ब्सले उल्लेख गरेको छ । उनको पछिल्लो बर्ष प्रदर्शित फिल्म ला ला ल्याण्ड सुपर हिट भएको थियो ।

ला ला ल्याण्डले विश्व बक्स अफिसमा ४५ अर्ब भन्दा बढी कमाइ गरेको थियो । स्टोनले ला ला ल्याण्डमा अग्रेको अभिनयका लागि गत बर्षको ओस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । ला ला ल्याण्डले पाएको १४ ओस्कार नोमिनेशनमा ५ अवार्ड जितेको थियो ।

फोर्ब्सको सुचिमा दोस्रो स्थानमा अभिनेत्री जेनिफर आइस्टाइन रहेकी छन् । जसले २५८ करोड कमाइ गरेको फोर्ब्सले उल्लेख गरेको छ । त्यस्तै गत बर्षकी शिर्ष स्थानमा रहेकी जेनिफर लोरेन्सले २४७ करोड कमाइ गर्दै फोर्ब्सको सुचिमा तेस्रो स्थानमा रहेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै