• २०८१ बैशाख ११ मंगलबार

डिभिजन २ मा केन्यासँग भिड्दै नेपाल 

kharibot

काठमाडौं । नामिबियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले केही बेरमा केन्यासँग खेल्दै छ ।

पहिलो खेल आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । तर तेस्रो खेलमा भने आइतबार यूएईलाई चार विकेटले हराउँदै नेपाल जारी प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको हो । 

पहिलो स्थानमा क्यानडा छ अंकसाथ रहेको छ भने नेपालको चार अंक छ । यस्तोमा आजको केन्याविरुद्धको खेल नेपालले जित्नैपर्ने हुन्छ । केन्याले जारी प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको छ । बाँकी सबै टोलीले तीन, तीन खेल खेलिसकेका छन् ।

नेपालभन्दा पछाडि केन्याबाहेक यूएई, नामिबिया र ओमान रहेका छन् । जारी प्रतियोगितामा नेपालको बलिंग राम्रो देखिए पनि ब्याटिंग भने चल्नसकेको छैन । 

केन्या र नेपालको खेल नेपाली समयअनुसार सवा १ बजे सुरु हुनेछ । जारी प्रतियोगिताको यो दशौँ खेल हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै