डिभिजन २ मा केन्यासँग भिड्दै नेपाल 

खरीबोट

काठमाडौं । नामिबियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले अहिले केही बेरमा केन्यासँग खेल्दै छ ।

पहिलो खेल आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । तर तेस्रो खेलमा भने आइतबार यूएईलाई चार विकेटले हराउँदै नेपाल जारी प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको हो । 

पहिलो स्थानमा क्यानडा छ अंकसाथ रहेको छ भने नेपालको चार अंक छ । यस्तोमा आजको केन्याविरुद्धको खेल नेपालले जित्नैपर्ने हुन्छ । केन्याले जारी प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा दुवै खेलमा पराजित भएको छ । बाँकी सबै टोलीले तीन, तीन खेल खेलिसकेका छन् ।

नेपालभन्दा पछाडि केन्याबाहेक यूएई, नामिबिया र ओमान रहेका छन् । जारी प्रतियोगितामा नेपालको बलिंग राम्रो देखिए पनि ब्याटिंग भने चल्नसकेको छैन । 

केन्या र नेपालको खेल नेपाली समयअनुसार सवा १ बजे सुरु हुनेछ । जारी प्रतियोगिताको यो दशौँ खेल हो । 

सम्बन्धित समाचार

डिभिजन २ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ ।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ ।  नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘प्लेयर अफ द सिरिज’ बने सन्दीप लामिछाने 

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा कुल १७ विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ द सिरिज’ घोषणा भएका छन् । आयोजक नामिबियाविरुद्ध ४ विकेट लिएर

पारस खड्काले शतक हानेपनि युएईसँग हार्यो नेपाल 

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि युएईले जितेको छ ।  आज भएको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्दै डिभिजन २ को उपाधि जितेको हो । युएईले दिएको २७८

डिभिजन २ फाइनल : युएईद्वारा नेपाललाई २७८ रनको लक्ष्य 

काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ ।  युएईका