• २०८१ बैशाख ६ बिहीबार

सेना दिवसको विशेष अतिथि बन्न भारतीय सेनापति रावत सोमबार नेपाल आउँदै

kharibot

काठमाडौँ । भारतीय सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन् । 

नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उहाँ नेपाल भ्रमणमा आउन लागेका हन् । नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ ।

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गरिएको थियो । 

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्यत पुग्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै