७१ यात्रु बोकेको रुसी विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त, सबैको मृत्यु

खरीबोट

मस्को, रसिया (रासस/सिन्ह्वा) मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । 

विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ । 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो । विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगि नसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । 

विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउनसक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । 

इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ । यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ । 

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ । 

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ उडिसकेको बताइएको छ । 

सम्बन्धित समाचार

७१ यात्रु बोकेको रुसी विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त, सबैको मृत्यु

मस्को, रसिया (रासस/सिन्ह्वा) मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ ।  विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै

भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदा बेन चढेको कार दुर्घटनाग्रस्त  

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेन एक दुर्घटनामा परेकी छन् ।  मोदीकी पत्नी जसोदा बेन राजस्थानको चित्तौडगढ जिल्लामा दुर्घत्न मा परेपनि उनि सकुशल रहेको भारतीय समाचार

अमेरिकी युद्धक जहाज दुर्घटनाग्रस्त, १० सैनिक बेपत्ता 

वाशिंगटन । अमेरिकी नौसेनाको युद्धक पानी जहाज मलेसियाको नजिक दुर्घटनाग्रस्त भएको छ ।   दुर्घटनामा १० अमेरिकी नौसना वेपत्ता भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।  युद्धक सामन लिएर गएको पानीजहाज मलेसी को नजिक