कप्तान खड्काको विष्फोटक ब्याटिङपछि यूएईविरुद्ध नेपाल चार विकेटले विजयी 

खरीबोट

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । दोस्रो खेल ओमानसँग हारे पनि नेपाल तेस्रो खेलमा यूएईलाई हराउन सफल भएको हो । नेपालले २८.५ ओभरमै युएईले दिएको ११५ रनको लक्ष्य पार गरेको हो । 

कप्तान पारस खड्काले विष्फोटक ब्याटिंग गर्दै अर्धशतक प्रहार गरेपछि नेपालको जितको आधार तय भएको थियो । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेले । त्यस्तै आरिफ शेखले ३३ बलमा १६ रन बटुलेका थिए भने आरके पौडेल र सोमपाल कामीले क्रमशः १२ र १० रन जोडे । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । नामिबियाको विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले पहिला ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए । नेपालका बलरहरु सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिएका थिए । 

यूएईका मोहम्मद नाविद र अमिर हायातले २, २ तथा रोहन मुस्ताफाले १ विकेट लिए । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो । 

सम्बन्धित समाचार

नेपालमै पहिलोपल्ट क्यासलेस स्वास्थ्य बीमा नेपाल मेडिसिटीमा

काठमाडौँ । नेपालीहरुलाई सुलभ उपचारका लागि नेपाल मेडिसिटी र प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ ।  स्वास्थ्यको क्षेत्रमा क्यासलेस स्वास्थ्य बीमा कार्यक्रमले नेपालीहरुलाई आफ्नो स्वास्थ्यप्रति

नेपाल–भारत सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौँ ।  नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहिबार  भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ ।  शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज

भ्रष्टाचारको विश्वव्यापी सूचाङ्कमा नेपाल ९ स्थान माथी उक्लिँदै १२२ औं स्थानमा

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआइ द्वारा बिहीबार सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औँ स्थानमा छ ।  सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा टिआइले १८०

भ्रष्टाचार हुने मुलुकहरूमा नेपाल १२२औं स्थानमा, न्यूजील्यान्ड सबैभन्दा कम भ्रष्ट्राचार हुने देश 

काठमाडौं  । नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ । १८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको हो  । ट्रान्सपरेन्सी