• २०८१ बैशाख ७ शुक्रबार

डिभिजन २ मा यूएईविरुद्ध पारस खड्काको अर्धशतक 

kharibot

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको यूएईविरुद्धको खेलमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । आक्रामक ब्याटिंग गर्ने क्रममा कप्तान खड्काले पाँच छक्का र दुई चौकाको मद्दतमा ४८ बलमा ५१ रन बनाई अर्धशतकीय पारी खेलेका हुन् । 

उनी अमिर हायातको बलमा क्याचआउट भएका थिए । अहिले नामिबियाको विन्डहोक मैदानमा नेपाल र यूएईबीच खेल भइरहेको छ । नेपालले टस जितेर फिल्डिंग रोजेपछि यूएईले ब्याटिंग गरेको थियो । सो क्रममा यूएईलाई नेपाली बलरहरुले कसिलो बलिंग गर्दै ११४ रनमै समेटिदिएका थिए ।

अहिले नेपाल लक्ष्य पछ्याइरहेको छ । विजयको नजिक पुगेको नेपालले २१ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ८५ रन जोडिसकेको छ । 

पारस खड्का जमे पनि उपकप्तान ज्ञानेन्द्र मल्ल ११ बल  खेल्दै पाँच रन बनाएर आउट भएका थिए भने दिलिप नाथ नौ बलमा २ रन, दिपेन्द्र सिंह ऐरी १३ बलमा ४ रन, शरद भेषवाकर १३ बलमा ३ रन बनाएर सस्तैमा आउट हुन पुग्दा नेपाल दबाबमा परेको थियो ।

तर खड्काले विस्फोटक ब्याटिंग गरेपछि नेपाल जिततिर उन्मुख भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै